CLI

म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको हो :अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमाथि संसद्मा छलफल हुनुपर्ने अवस्थामा प्रतिनिधि सभा अवरुद्ध गराएर आफ्नो चरित्रमाथि प्रहार गर्ने प्रयास भएको दाबी गरे।

उनले भने, “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ। त्यसको जवाफ दिन पनि म संसदीय समितिमा आएको हुँ।”

अर्थमन्त्री वाग्लेले बजेटबारे उठाइएका प्रश्न तथा आरोपहरूको जवाफ दिन आफू तयार रहेको उल्लेख गर्दै तथ्यका आधारमा छलफल गर्न आग्रह गरे।

अर्थ समितिको बैठकमा हाल आगामी आर्थिक वर्षको बजेट तथा त्यससँग सम्बन्धित विषयमा छलफल जारी रहेको छ। बैठकमा अर्थमन्त्री वाग्लेले बजेटका प्राथमिकता, स्रोत व्यवस्थापन तथा विभिन्न क्षेत्रबाट उठाइएका जिज्ञासाबारे आफ्नो धारणा राखिरहेका छन्।

Leave Your Comment

Related News