CLI

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ।

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची छ।

त्यस्तै, संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Leave Your Comment

Related News