CLI

५१ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ  । नेपाल सुनचाँदी ब्यवासायी महासंघका अनुसार सुन प्रतितोला  ५ हजार १ सय रुपैयाँले घटेको छ ।बजारमा सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरेहको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा  कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँ थियो ।

Leave Your Comment

Related News