काठमाडौं । अमेरिकी सेनाले इरानको उच्च मात्रामा संवर्धित युरेनियम नियन्त्रणमा लिन स्थलसेना परिचालन गर्ने सम्भावित योजना तयार पारेको र त्यसबारे उच्च तहमा गोप्य छलफल भएको खुलासा भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकी प्रशासन यस्तो उच्च जोखिमयुक्त सैन्य अभियानलाई स्वीकृति दिन निकै नजिक पुगेको थियो।
स्रोतहरूका अनुसार, अमेरिकी संयुक्त सैन्य प्रमुखहरूको समितिका अध्यक्ष जनरल ड्यान केनले गत मे १९ मा बेल्जियमको ब्रसेल्समा भइरहेको नाटोका वरिष्ठ अधिकारीहरूको बैठक छाडेर फ्लोरिडास्थित अमेरिकी केन्द्रीय कमाण्ड मुख्यालय पुगेर इरानको संवर्धित युरेनियम नियन्त्रणमा लिने सम्भावित सैन्य योजनाबारे प्रत्यक्ष जानकारी लिएका थिए।
त्यसपछि जनरल केनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विभिन्न सैन्य विकल्पबारे जानकारी गराएका थिए। तर इरानबाट कडा प्रतिशोध हुन सक्ने, युद्ध लम्बिन सक्ने तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने चेतावनीपछि ट्रम्पले उक्त योजनालाई तत्कालका लागि स्थगित गरेको स्रोतहरूको दाबी छ। सम्भावित सैन्य कारबाहीमा ठूलो संख्यामा अमेरिकी सैनिक हताहत हुन सक्ने जोखिमबारे पनि ट्रम्प चिन्तित रहेको बताइएको छ।
यो घटनाक्रम त्यस्तो समयमा सार्वजनिक भएको हो, जतिबेला ट्रम्पले अमेरिका र इरानबीच परमाणु कार्यक्रमसम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र चाँडै सम्झौता हुन सक्ने दाबी गर्दै आएका थिए। तर, पछिल्लो खुलासाले दुवै देशबीचको तनाव कति गम्भीर अवस्थामा पुगेको थियो भन्ने संकेत गरेको छ।
यसैबीच, अमेरिका–इरान वार्ता असफल भएमा तेहरानले आर्थिक दबाब सिर्जना गर्न यमनस्थित हुथी विद्रोहीमार्फत बाब-अल-मन्दब जलडमरूमध्य बन्द गराउने विकल्पसमेत विचार गरिरहेको छ। उक्त जलमार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले इरानले परमाणु सामग्री नष्ट गर्ने, देशबाहिर लैजाने, परमाणु कार्यक्रम विघटन गर्ने तथा इरान समर्थित सशस्त्र समूहहरूलाई सहयोग बन्द गर्ने विषयमा सहमति जनाएको दाबी गरेका छन्। तर इरानी सरकारी सञ्चारमाध्यमहरूले भने त्यस्ता दाबी अस्वीकार गर्दै कुनै पनि सम्झौताका लागि रोक्का गरिएको २४ अर्ब डलर तुरुन्त फुकुवा हुनुपर्ने अडान दोहोर्याएका छन्।
इरानसँग हाल करिब ९७० पाउन्ड अत्यधिक संवर्धित युरेनियम रहेको अनुमान गरिएको छ, जुन लगभग हतियार-स्तरको मानिन्छ। उक्त युरेनियम इस्फाहान, नातान्ज र फोर्दोस्थित परमाणु केन्द्रहरूमा भूमिगत सुरुङभित्र सुरक्षित रूपमा राखिएको बताइएको छ।
यद्यपि, परमाणु विज्ञहरूले युद्धको अवस्थामा अमेरिकी सेनाले ती सबै युरेनियम भण्डार पत्ता लगाउन, प्रमाणीकरण गर्न र सुरक्षित रूपमा नियन्त्रणमा लिन सक्ने सम्भावनामाथि प्रश्न उठाएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आएइए) को पछिल्लो निरीक्षणअनुसार उक्त युरेनियम अझै ग्यासको रूपमा रहेको विश्वास गरिएको छ।
एजेन्सीको सहयोगमा


