आज बढ्यो सुनचाँदी दुवैको मूल्य

काठमाडौं । आज साताको दोस्रो दिन  सुनको मूल्य बढेको  छ । आज छापावाल सुन तोलामा ४ सय  रुपैयाँले बढेको हो ।

साताको पहिलो दिन दिन आइतबार छापावाल सुन प्रतितोला आज १ लाख ४५ हजार ७ सय पुगेकोमा आज सोमबार प्रतितोला ४ सयले बढेर १ लाख ४६ हजार १ सय पुगेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख २५ हजार २ सय ६० रहेको छ

आइतबार तेजावी सुन १ लाख ४५ हजारमा कारोबार भएकोमा प्रति तोला ४ सयले बढेर  आज १ लाख ४५ हजार ४ सय छ  । आज तेजावी सुन प्रति १० ग्राम १ लाख २४ हजार ६ सय ६० रहेको छ

चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय रुपैँया रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार