काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफललाई निरन्तरता दिइएको छ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न ८ वटा मन्त्रालयका लागि विनियोजित बजेटका शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले मन्त्रालयगत रूपमा आफ्नो धारणा राख्ने तथा बजेटका प्राथमिकता, कार्यक्रम र विनियोजनबारे छलफल गर्नेछन्।
विनियोजन विधेयकमाथिको छलफल सम्पन्न भएपछि मन्त्रालयगत खर्चका शीर्षकहरू पारित गर्ने प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।



