आज मंगलवार थोरै घट्यो सुनको मूल्य

काठमाडौं । आज मंगलबार सुनको मूल्य थोरै घटेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार १७० रुपैयाँ तोकिएको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको मूल्यमा  प्रतितोला १० रुपैयाँले घटेर १ हजार ७४० रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार