काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १६०० रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि १४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ । भने हिजो चाँदी प्रतितोला ४हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।


