नबिल फ्लेक्सी क्याप फण्डको नाफा १५७ प्रतिशतले बढ्यो

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा १५७.२७ प्रतिशतले वृद्धि भएको छ ।

जेठ मसान्तमा फण्डले १ करोड ८२ लाख रुपैयाँ नाफा कमाएकोमा असार मसान्तमा बढेर ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । असार महिनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी २ करोड ८८ लाख रुपैयाँ रहेकोमा असार मसान्तमा बढेर ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै फण्डको न्याभ पनि बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १८ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ६४ पैसा पुगेको हो ।

असारमसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा ३९ करोड २८ लाख रुपैयाँ गरेको छ । यो लगानी जेठ मसान्तमा ३९ करोड ९१ लाख रुपैयाँ थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार