नेपालमा  छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव हुदैँ

काठमाडौं । नेपालमा   छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनौट गरिएको छ । राष्ट्रियतर्फ ३४ र अन्तराष्ट्रियतर्फ १०८  चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनौटमा परेका छन् ।
छनौट भएका राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पखेटा, डेसान, डेस्टिनी चलचित्रहरु समावेश छन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्ररुमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सुचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश  छन् ।

सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिनेछ ।
मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले बताएको छ ।

सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे ।
महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनी बताउँछन् ।

नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहाले पनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।

महोत्सव काठमाडौंमा आयोजना हुने आयोजकले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार