राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकले, संस्कृति र जातिय पहिचान झल्कने पोसाक लगाउन पाउने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिचाउदा नागरिकले आफ्नो सांस्कृति र जातीय पहिचान झल्किने पोसाक लगाउन पाइने भएको छ ।

सरकारले राष्ट्रिय परिचयपत्रमा आफ्नो  सस्कृति र जातीय पहिचान झल्कने पोसाक लगाउन पाउने व्यवस्था गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्वविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भनि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्र काट्दै ४ बुँदे निर्देशनसमेत जारी गरेको हो ।

बिभागले जारी गरेको निर्देशन यस्तो छ

  • राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ। फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन।
  • राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्रबाहेकको अन्य कागजातहरु राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छाँयाप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठीक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउने।
  • व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा सीआईएमएस-नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउने।
  • तहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरुले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार