काठमाडौं । जिल्ला प्रसासन कार्यालयलमजुङले मनसुन बिपत्तबाट हुनसक्ने धनजनको क्षतिलाई कम गर्न भनेर डुम्रे बेसीशहर सडकको बेशीशहर देखी मनाङ जिल्लाको को सीमा सम्मको खण्डमा प्रत्येक दिन साँझ ६ बजे देखी बिहान ६ बजे सम्म साथै पुष्पलाल मधयपहाडी लोकमार्गको सुन्दर बजार भोर्लेटार सडक खण्डको बिमिरे भत्याङ क्षेत्रमा प्रत्येक साँझ ७ बजे दखी बिहान ५ बजे सम्म सवबारी साधन संचालनमा रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिप्रका ले सो सडक खणडमा रातीको समयमा सवारी साधन सञ्चालमा रोक लगाएको हो । राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा ब्यबस्थापन प्राधिकरणले आज असार १६ र भोलि १७ मनसुनी गतिबिध बढ्न र धनजनको ख्षेति न्।युनिकरण गर्न सेतना अपनाउन सार्वजनिक सुचना जारी गरेको छ ।
यस कार्यबाट यात्रुमा परेको असिचविधा प्रति जिल्ला प्रसासण कार्यालयले क्षमा मागेको छ ।


