काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३०औँ बैठक आज बिहान ११:०० बजे संसद भबन सिंहदरबारमा बस्न लागेको छ । आजको प्रतिनिधिसभाको बैठकमा सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र सो विधेयकलाई पारित गरियोस् भनी मन्त्री गौतमले प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।
आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्ञसुची रहेको छ । त्यसैगरि आजको बैठकमा सहकारी क्षेत्रमा देखिएका समस्या र नियमनका बनाइएको “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३“ लाई पनि बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ। माननीय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयकमाथि दफावार छलफल र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको संसदमा महासचितब पध्म प्रसाद पांण्डेयले जानकारी दिएका छन् ।
आजको बैटकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३” माथि दफावार छलफल र पारितका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्वित कार्यसुची रहेकको छ ।


