CLI

६२ सयले बढ्यो सुन, चाँदीमा पनि वृद्धि

काठमाडौं ।बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ हजार दुई सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ७७ हजार तीन सय रुपैयाँमा काराबर भएको थियो ।

यसैगरी चाँदीको मूल्य १८० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News