काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका ढुंगानालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त गरिएको छ ।
यस्तै, सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पनि सरुवा गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।


