काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । बिहीबार यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा २ प्रतिशतले घटाउने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा यात्रुवाहक तथा मालवाहक सवारीमा ५ प्रतिशतसम्म भाडा बढाएको विभागले इन्धनको मूल्य घट्दा २ प्रतिशत भाडा घटाएको हो ।
विभागको निर्णयसँगै अब यात्रुवाहक सवारीसाधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधन सबैमा २ प्रतिशत भाडा घट्नेछ।


