CLI

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख  रामप्रसाद भण्डारीको बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेलेको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गरे। प्रवक्ता भट्टराईले उनलाई एक मृदुभाषी, कानुनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गरे ।

राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा उनले आफ्नो योगदानमार्फत आफूलाई एक अब्बल नेतृत्वका रूपमा स्थापित गरिसकेको भट्टराईको भनाइ छ । आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व बनाएका उनको कार्यक्षमतामा आयोगको अनुभवले थप निखार ल्याएको भट्टराईले गरेका थिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ सालको भदौमा भएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेतृत्व गर्न सफल भए । निर्वाचन हुने वा नहुने अनिश्चितताको समयमा सही निर्णय र सही बाटोबाट राजनीतिक दल, जेनजी पुस्तालाई निर्वाचनमा सहभागी गराउने भूमिका उनले खेलेका थिए ।

Leave Your Comment

Related News