काठमाडौं । बुधबार ३ :३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार अपराह्न ३ :३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल हुनुका साथै आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ। बैठकबाट हुने निर्णय सार्वजनिक भएपछि थप विवरण उपलब्ध हुनेछन्।


