कक्षा १२ को परीक्षाफल सार्वजनिक ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाडौं ।  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ ।

परीक्षार्थीले परीक्षाफल १६०१मा फोन गरी सिम्विल नम्वर थिचेर वा एसएमएसबाट वा परिक्षा बोर्डको वेभसाइड https://neb.ntc.net.np हेर्न सकिन्छ

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार