सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । आज शुक्रबार सुनको मूल्य उचाईमा पुगेको  छ । बिहिबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ५१५ रुपैयाँ तोकिएको छ ।

आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ७९५ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५३९ रुपैयाँ तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार