CLI

११ महिनामा १० खर्ब ३९ अर्बको अन्तरबैंक कारोबार, गत वर्षको तुलनामा उल्लेख्य गिरावट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु बीच एक-आपसमा हुने अन्तरबैंक कारोबार १० खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले उक्त रकम बराबरको कारोबार गरेका हुन्।

गत आवको सोही अवधिको तुलनामा यो कारोबार ६ खर्ब ४१ अर्ब ७८ करोड १० लाख रुपैयाँले कम हो। गत आवको ११ महिनामा १६ खर्ब ८१ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको थियो।

यस अवधिमा वाणिज्य बैंकहरुले मात्र ८ खर्ब ९३ अर्ब ४१ करोड रुपैयाँको कारोबार गरेका छन्। बैंकहरुले गरेको यो कारोबार गत आवको तुलनामा ६ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँले कम हो। गत आवको ११ महिनामा वाणिज्य बैंकहरुको अन्तरबैंक कारोबार १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ थियो।

त्यस्तै, विकास बैंक र वित्तीय संस्थाहरुबीच १ खर्ब ४६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम गत आवको तुलनामा ५ अर्ब १३ करोड रुपैयाँले कम हो। गत आवमा उनीहरुले १ खर्ब ५० अर्ब ३३ करोड लाख रुपैयाँ बराबरको उकत कारोबार भएको  थिए।

चालु आवमा सबैभन्दा बढी कारोबार माघ महिनामा भएको छ। माघमा मात्र १ खर्ब ६५ अर्ब ९३ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको देखिन्छ।

Leave Your Comment

Related News