CLI

एनएमबि बैंक र नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं ।  डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (DoIT) सँग सम्झौता गरेको छ ।
यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन्। यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुनेर बैंकको काम सहज र छिटो हुनेछ ।

ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिदै, ग्राहकहरू आफैँले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन । साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ ।

देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई (DoIT) प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ्ग सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने एनएमबि बैंकको प्रयासमा यो एउटा ठुलो कदम हो।

Leave Your Comment

Related News