CLI

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल के.सी. चयन

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. नहकुल के.सी. चयन भएका छन्।

संस्थाको सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. के.सी.लाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।

यसअघि २०८३ असार १४ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएको थियो। नवगठित सञ्चालक समितिका सदस्यहरूले साउन १० गते बसेको २३औँ बैठकमा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि तथा सञ्चालक प्रेमराज पोखेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।

नवगठित सञ्चालक समितिमा अध्यक्ष डा. नहकुल के.सी.सँगै नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल, नेपाल बैंक लिमिटेडको तर्फबाट सचिता पराजुली, लागत इन्भेष्टमेन्टको तर्फबाट माणिकरत्न शाक्य तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रमोद ज्ञवाली सञ्चालक रहेका छन्।

संस्थाले नयाँ नेतृत्वसँगै लघुवित्त सेवा विस्तार, संस्थागत सुशासन सुदृढीकरण तथा वित्तीय सेवाको प्रभावकारिता अभिवृद्धिमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News