CLI

४.६४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४२ वटा कम्पनीको १ करोड ४ लाख १९ हजार २६० कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ६३ करोड ६९ लाख रुपैयाँले  घटेको हो  । सोमबार कारोबार रकम ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ थियो।

सेन्सेटिभ इन्डेक्स ०.१४ अंकले घटेर ४७०.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१८ अंकले गटेको छ ।

यस दिन ४ उप समूह बढेका छन् भने ८ उप समुह घटेको छ । बैंकिङ ०.०७ प्रतिशत, विकास बैंक ०.१९, लगानी ०.७९, जीवन बीमा ०.५८,  उत्पादन र प्रशोधन ०.२६, लघुवित्त ०.१३, म्युअुचल फण्ड ०.४६,निर्जीवन बीमा ०.२४ र अन्य समूह ०.८०  प्रतिशतले बढेका छन्। वित्त ०.०६, होटल्स तथा पर्यटन समूह ०.१८, जलविद्युत ०.१५, र व्यापार समूह ०.७४   प्रतिशतले घटेका छन् ।

एभरेष्ट कलर लिमिटेडको सेयर यस दिन पनि  १५ प्रतिशतले बढेको छ। लक्ष्मी उन्नती कोषको इकाईमूलय ९ प्रतिशतभन्दा बढी बढेको हो।

कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News