CLI

२१.१५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावाट

काठमाडौं । नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६२.१८ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४३ वटा कम्पनीको १ करोड  ७ लाख ६१ हजार ३९६ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ७ करोड ८ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड १२ लाख रुपैयाँले  घटेको हो  । सोमबार कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख रुपैयाँ थियो।

सेन्सेटिभ इन्डेक्स २.६६ अंकले गटेर ४६७.९६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.४० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०८ अंकले घटेको छ ।

यस दिन सबै उप समूह घटेका छन् । बैंकिङ ०.८० प्रतिशत, विकास बैंक ०.५०,वित्त ०.१४, होटल्स तथा पर्यटन समूह ०.६१, जलविद्युत ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन र प्रशोधन १.३१, लघुवित्त ०.७२, म्युअुचल फण्ड ०.४४, निर्जीवन बीमा ०.५४  अन्य समूह १.०४ र व्यापार समूह १.१९ प्रतिशतले घटेका छन् ।

एभरेष्ट कलरको शेयरमूल्य  १५ प्रतिशतले बढेको छ । खानीखोला हाइड्रोपावरको शेयरमूल्य १०.०७ प्रतिशत बढी बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य ५.२६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा  खानीखोला हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

 

 

Leave Your Comment

Related News