काठमाडौं । एनएमबि बैंकले नाइमा -NAIMA_ अटो एक्सपोमा इभि गाडि बुक गर्ने ग्राहकलाइ लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन New EV_ का लागि आधार दर + ०.५% (Base Rate +0.5%), को विशेष ब्याजदरमा कर्जा दिने भएको छ ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको बैंकले उल्लेख गरेको छ ।
बैंकका अनुसार सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध हनेछ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको



