CLI

मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशतले बढ्यो, खराब कर्जा भने चुनौती

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।  गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म रु. १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंक खुद नाफा १२.४४ प्रतिशतले बढाएर रु. १ अर्ब ५१ करोड पुर्‍याएको छ। अघ्घिलो आवम उकत नाफा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ थियो ।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर रु. ४ अर्ब ७४ करोड पुगेको र कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) रु. ७९ करोड ३५ लाखबाट घटेर रु. ५७ करोड २३ लाखमा झरेका कारण नाफामा राम्रो सुधार देखिएको हो।

समीक्षा अवधिमा बैंकको निक्षेप ५.२० प्रतिशतले बढेर रु. १ खर्ब २३ अर्ब पुग्दा कर्जा विस्तार भने २.५५ प्रतिशतले बढेर १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । आघिल्लो आवमा कर्जा प्रवाह ९ अर्ब ७२ कारोड रुपैयाव थियो ।  बैंकको जगेडा कोष २५.२६ प्रतिशतले बढेर रु. ४ अर्ब २७ करोड पुगेको छ भने लाभांश क्षमता ८.४५ प्रतिशत कायम भएको छ।

नाफा र व्यावसायिक आकार बढे पनि समग्र आर्थिक सुस्तताका कारण बैंकको कर्जाको गुणस्तरमा भने गम्भीर दबाब देखिएको छ। अघिल्लो वर्ष २.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा (NPL)  बढेर ४.७७ प्रतिशत पुग्नु बैंकको आगामी वित्तीय प्रदर्शनका लागि मुख्य जोखिम बनेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रु. १८.९८, प्रतिशेयर नेटवर्थ रु. १६१.८२ र मूल्य–आम्दानी अनुपात १९.१३ गुणा रहेको छ। अधिक तरलता, सुस्त कर्जा माग र असुलीमा परेको चापलाई सम्बोधन गर्न बैंकले आगामी दिनमा निक्षेप परिचालनभन्दा पनि खराब कर्जा नियन्त्रण, जोखिम व्यवस्थापन र डिजिटल बैंकिङ विस्तारलाई मुख्य प्राथमिकतामा राख्ने रणनीति लिएको छ।

Leave Your Comment

Related News