CLI

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा गिरावट

काठमाडौं । नेप्से परिसूचक ०.५५ अंकले बढेर  २६४२.४० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४८ वटा कम्पनीको ८७ लाख १ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँले  घटेको हो । मंगलबार कारोबार रकम ४ अर्ब ११ करोड ७ लाख रुपैयाँ थियो।

सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४६३.६१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.२० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४८ अंकले घटेको छ ।

यस दिन ८ उप समूह घटेका छन् भने ५ उप समुह बढेको छ । बैंकिङ ०.०५ प्रतिशत, वित्त ०.२४, होटल्स तथा पर्यटन समूह ०.८५, लगानी २.२१ र म्युअुचल फण्ड ०.२९ प्रतिशतले बढेको छ । विकास बैंक ०.२२, जलविद्युत ०.४०, जीवन बीमा ०.१५, उत्पादन र प्रशोधन ०.७०,लघुवित्त ०.०५ र निर्जीवन बीमा ०.०५, अन्य समूह ०.१० र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन् ।

यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर १५ प्रतिशतले बढेको छ । सो कम्पनीको शेयर हिजो अर्थात मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि नियमित बजारमा कारोबार भएको हो। त्यस्तै, इमर्जिङ्ग नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News