CLI

घट्यो सुनको मूल्य,चाँदीको बढ्यो

काठमाडौं । विहीबार  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख ६ हजार २ सय  रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदी भने ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News