CLI

प्राईम कमर्सियल बैंकको नाफासँगै खराब कर्जापनि बृदि

काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय बिबरण सार्वजनिक गरेको छ । आव २०८२/८३ को असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८.४८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकको कुल सञ्चालन आम्दानी ५.८१ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ।

गत आवको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १०.०४ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकको लाभांश क्षमता ९.१० प्रतिशत छ ।

२० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ ।

 

Leave Your Comment

Related News