काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदी भने ९० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँ थियो ।


