CLI

नेपालको आर्थिक कूटनीति र व्यापार सम्बन्धमा रणनीतिक छलफल सम्पन्न

काठमाडौं । ‘इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग’ (IRGDD) तथा एम्बेसिडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय गौरीकुमारी यादवसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्।

भेटमा जनताकेन्द्रित आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय साझेदारी तथा ट्रयाक १.५ र ट्रयाक २ कूटनीतिक भूमिकामार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने विषयमा केन्द्रित भई छलफल भएको छ। यस क्रममा नेपालको निरन्तरको व्यापार घाटा सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय आर्थिक मञ्चहरूमा देशको उपस्थिति बलियो बनाउने रणनीतिका बारेमा विशेष कुराकानी भएको थियो।

भेटका क्रममा राजदूत डा. पराजुली ढकालले IRGDD, एम्बेसिडर्स क्लब नेपाल र डिप्लोम्याट नेपाललाई विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ-संस्था, विज्ञ, व्यवसायी तथा लगानीकर्ताहरूसँग जोड्ने प्रभावकारी मञ्चका रूपमा विकास गरिँदै लगिएको बताइन। उनले यसले नेपालको ‘सफ्ट पावर’, आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरिइन।

साथै, IRGDD ले तथ्यमा आधारित नीतिगत अनुसन्धान, रणनीतिक सुझाव र ट्रयाक १.५ कूटनीतिमार्फत सरकार, कूटनीतिज्ञ, शिक्षा क्षेत्र, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर नेपालको राष्ट्रिय आर्थिक हितमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको उनले स्पष्ट पारिइन।

उक्त भेटघाट कार्यक्रममा IRGDD का सह-संस्थापक बिमल ढकालका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

छलफलले नेपालको व्यापार, आर्थिक सञ्जाल, लगानी, अन्तर्राष्ट्रिय साझेदारी र समग्र आर्थिक हितलाई अगाडि बढाउन निरन्तर संवाद र सहकार्यको आवश्यकतालाई पुनः पुष्टि गरेको छ।

Leave Your Comment

Related News