काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य भढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्बार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो ।


