CLI

असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान

काठमाडौं । असलि इन्भेष्टमेण्ट लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ साधारणसभा भदौ २१ गते गर्ने निर्णय गरेको हो ।

कम्पनी ऐन २०६३ को दफा ६७(२) र असलि ईन्भेष्टमेन्ट लि. (अईलि) को नियमावली,२०६५ को दफा १८ बमोजिम साभारणसभा बोलाइएको कम्पनीले जनाएको छ । उक्त सभा भदौ २१ गते असलि मण्डप, दोस्रो तल्ला नक्सालमा बिहान साढे ११ बजेदेखि सुरु हुने छ । सभामा कम्पनीको आ.व. २०८२÷८३ को लिक्विडेटरको वार्षिक प्रतिवेदनका साथै २०८३ साउन १ गते देखि साउन ३१ गतेसम्मको विशेष साधारण सभामा प्रस्तुत प्रतिवेदन, कम्पनीको आ. व. २०८२÷८३ को वासलात, आयव्यय हिसाव र नगद प्रवाह विवरण पारित गर्ने तथा विशेष साधारण सभामा प्रस्तुत लेखा परिक्षण भएको वासलात, आयव्यय हिसाव र नगद प्रवाह विवरण पारित गर्ने छ । त्यस्तै साउन १ गतेदेखि ३१ गतेसम्मको लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रेहका छन् ।

विशेष प्रस्तावका रुपमा कम्पनी ऐन २०६३ को दफा १२६ ( २ ) तथा कम्पनीको नियमावलीको नियम ४८ बमोजिम अईलीलाई मिति २०८३ भदौ २१ देखि पूर्ण रुपमा खारेज गर्ने, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको कम्पनीको प्यान तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त इजाजत पत्र खारेज गर्ने सो सम्बन्धी कार्य सम्पन्न गर्न लिक्विडेटर सहदेव तिवारीलाई अख्तियार दिने छलफल गरि पारित गर्ने छ ।

 

Leave Your Comment

Related News