CLI

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक एक लाख विजेता र १ जना बम्पर उपहार विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत साउनको दोस्रो पाक्षिक नतिजा घोषणा गरिएको छ। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

सरकारले साउन १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो। विजेता उपभोक्ताको कुपन नम्बर ०२६८८८९७९०३९ रहेको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउन १६ देखि ३१ गतेसम्म बैंक वा डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरू स्वतः कार्यक्रममा सहभागी भएका थिए।

Leave Your Comment

Related News