CLI

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ७ संस्थामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका ७  संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

संस्थाको नाम ठेगाना सेवाहरु छुट

१ मनकामना हिलक्रेष्ट होटल कुरिनटार, चितवन आवास तथा रेष्टुरेन्ट १२.५ प्रतिशतसम्म

२ एलोफ्ट काठमाण्डौं छायाँदेवी कम्प्लेक्स, ठमेल, काठमाण्डौं खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म

३ एल्लो हात्ती लाजिम्पाट, काठमाण्डौं उपहार सामाग्री बिक्रि सेवा १० प्रतिशतसम्म

४ अल्फा केयर डाईगोनोस्टिक सेन्टर बुद्धनगर, काठमाण्डौं स्वास्थ्य परिक्षण तथा प्रयोगशाला सेवा २० प्रतिशतसम्म

५ दृष्टी आई केयर कंलकी, काठमाण्डौं नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवा २० प्रतिशत सम्म

६ ओरियन्ट क्याफे दरबारमार्ग, काठमाण्डौं खाना तथा पेय पदार्थ १५ प्रतिशत सम्म

७ होटल स्मारक हेटौंडा, मकवानपुर आवास र खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

 

Leave Your Comment

Related News