CLI

सुनको मूल्य स्थिर, चाँदी ५ रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ नै थियो।

त्यस्तै, चाँदी भने ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँ थियो।

Leave Your Comment

Related News