नागरिक लगानी कोषको खुद आम्दानी बढ्यो, नाफा घट्यो

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)को खुद आम्दानी बढेको देखिएको छ। सीआईटीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्त विवरणमा खुद आम्दानी ५.२५ प्रतिशतले बढेको देखिन्छ।

गत आवमा सीआईटीले १ अर्ब ९२ करोड ४९ लाख ४० हजार रुपैयाँ खुद आम्दानी गरेको छ। अघिल्लो आवमा सीआईटीको खुद आम्दानी १ अर्ब ८२ करोड ८९ लाख ७८ हजार रुपैयाँ खुद आम्दानी थियो।

आम्दानी अनुरुप खर्च बढ्दा सीआईटीको नाफा घटेको देखिन्छ। सीआईटीको कुल खर्च २.७२ प्रतिशत बढेको छ।

गत आव सीआईटीले १ अर्ब १० कारेड २४ लाख १० हजार खुद नाफा गरेको छ। अघिल्लो आव सीआईटीको नाफा १ अर्ब २२ कारेड ३६ लाख ४९ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा सीआईटीको नाफा ९.९१ प्रतिशतले घटेको छ।

सीआईटीको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ।

नाफामा गिरावट आएसँगै सीआईटीको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा सीआईटीको यस्तो आम्दानी २.२८ रुपैयाँ घटेर २०.७५ रुपैयाँमा झरेको छ। असार मसान्तसम्ममा सीआईटीको प्रतिशेयर नेटवर्थ १७१.४५ रुपैयाँ छ।

सीआईटीको जगेडा कोषमा १८ अर्ब १५ करोड ३८ लाख ९५ हजार रुपैयाँ सञ्चित छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार