CLI

सुनचाँदीको मूल्यमा भारी बृद्धि, प्रतितोला ९३ सयले बढ्यो सुन

काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य ९ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि २६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News