काठमाडौं । नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले गोर्खा रेजिमेन्टको पहिचानलाई जोडेर क्लासिक ३५० को विशेष ‘गोर्खा एडिसन’ ५ लाख ९९ हजार रुपैयाँ सुरुआती मूल्यमा सार्वजनिक गरेको छ।
भारतमा मंगलबार सार्वजनिक भएको यस विशेष संस्करणको सबैभन्दा रोचक पक्ष यसको रङ संयोजन हो, जहाँ भारतीय बजारका लागि यो मोटरसाइकल सिल्भर रङमा ल्याइएको छ भने नेपाली बजारका लागि भने विशेष रूपमा ‘मिलिटरी ग्रीन’ रङमा लन्च गरिएको छ।
सैनिक सवारीसाधनसँग मिल्दोजुल्दो यो हरियो रङ र साइड प्यानलमा राखिएको क्रस्ड खुकुरीको मोटिफ ले मोटरसाइकललाई अझ आकर्षक सैन्य लुक र गोर्खाली वीरताको झल्को दिएको छ।
नियमित मोडल जस्तै यसमा ३४९ सीसी जे-सिरिज (२०.२ बीएचपी पावर, २७ एनएम टर्क) इन्जिन, ५-स्पीड गियरबक्स, सेमी-डिजिटल क्लस्टर, वायर स्पोक ह्वील, दुई टुक्रा सिट र क्रोम फिनिसिङ यथावत राखिएको छ।

भारतमा मंगलबार सार्वजनिक भएको ‘गोर्खा एडिसन’ सिल्भर रङमा

नेपाली बजारका लागि सार्वजनिक भएको गोर्खा एडिसन ग्रीन रङमा



