काठमाडौं । नेप्सेमा सूचीकृत लगानी (इन्भेष्टमेन्ट) समूहका ७ वटा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ७ वटा कम्पनीहरुले १ वर्षमा ३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् ।
रिपोर्ट अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड २२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस बैंकको चुक्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ७१ करोड ८७ लाख ३८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यो कम्पनीको प्रतिसेयर आम्दानी ४.४७ रुपेयाँ रुपैयाँ रहेको छ ।
नागरिक लगानी कोषले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो। यो कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ७१ करोड १६ लाख ३३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यो कम्पनीको प्रतिसेयर आम्दानी १९.८४ रुपेयाँ रुपैयाँ रहेको छ ।
७ मध्ये हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को चुक्ता पुँजी धैरे रहेको छ । सो कम्पनीको चुक्ता पुँजी २४ अर्ब ९२ कराड ८२ लाख ११ हजार रहेको छ । जगेडा कोषमा भने ३ अर्ब १५ करोड २५ लाख ९६ हजार रुपैयाँ रहेको छ । चालु आवमा कम्पनीले ६७ करोड ९३ लाख ३७ हजार खुद नाफा कमाएको छ । एचआइडीसीएलको प्रतिसेयर आम्दानी २.७३ रुपैयाँ छ ।
यता, ६ कम्पनी मात्र नाफामा रहेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर घाटामा छ । रिपोर्ट अनुसार कम्पनी ७ करोड ७६ लाख ८९ हजार घाटामा रहेको छ । कम्पनीको चुक्त पुँजी १ अर्ब ७९ कारोड ८१ लाख २१ हजार रुपेयाँ रहेको छ । जगेडा कोषमा भने ५२ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस, कम्पनीको प्रतिसेयर आम्दानी ४.३२ रुपेयाँ ऋणात्मक रुपैयाँ रहेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड खुद नोक्सानीमा जानुमा आन्दोलनबाट भएको भौतिक क्षति, सञ्चालन आम्दानीमा आएको गिरावट र बाह्य आर्थिक चुनौतीहरू मुख्य कारण बनेको कम्पनीले बताएको छ । २०८२ भाद्र २३ र २४ गते ‘जेनजी’ समूहबाट भएको आन्दोलनका क्रममा कम्पनीले लगानी गरेको होटलमा भौतिक क्षति पुगेपछि त्यसको नियमित सञ्चालन अवरुद्ध हुन पुग्यो, जसले कम्पनीको आम्दानीको मुख्य स्रोतमा प्रत्यक्ष असर पार्यो।
यद्यपि बिमा कम्पनीबाट रु. ५ करोडको अन्तरिम दाबी भुक्तानी प्राप्त भइसकेको छ, तर कुल क्षतिको पूर्ण भुक्तानी प्राप्त भइनसकेको र होटल पुन:निर्माणका लागि थप रकम खर्चिनुपरेकाले कम्पनीको वित्तीय संरचनामा ठूलो दबाब परेको देखिन्छ।
यसका साथै, समग्र अर्थतन्त्रमा देखिएको तरलता अभाव, बजार ब्याजदरको उतारचढाव र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सिर्जित बाह्य प्रभावले लगानी बजारलाई शिथिल बनाएको छ। यी प्रतिकूल परिस्थितिहरूले गर्दा कम्पनीले तय गरेका रणनीतिक लक्ष्य र दीर्घकालीन लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसक्दा कम्पनी घाटाको स्थितिमा पुगेको हो।




