साताको सेयर बजार : कारोबार रकम पौने १३ अर्बले घट्यो

काठमाडौं । संसदमा अप्राकृतिक रुपमा सेयर बजार बढेको भनि सांसदहरुले सरकारसमक्ष प्रश्न उठाए सँगै शेयर बजार घटेको थियो , जसमा साताको सेयर बजार समेत प्रभावित बनेको देखिन्छ । यो साता सेयर बजारमा कारोबार रकम १२ अर्ब ७० करोड ८० लाख रुपैयाँले घटेको छ । यो साता कुल कारोबार रकम ८३ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको छ भने गत साता उक्त रकम ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहेको थियो । कारोबार रकम घट्दा भने समीक्षा अवधिमा कारोबार भएको शेयर कित्ता समेत घटेको छ । समीक्षा अवधिमा कारोबार शेयर कित्ता ३ करोड ८१ लाख ले घटेको हो । यो साता १९ करोड २६ लाख कित्ता शेयर किनबेच हुदाँ गत साता २३ करकोड ७ लाख कित्ता शेयर किनबेच भएको थियो ।

त्यस्तै समीक्षा अवधिमा बजार पूँजीकरण रकम भने १ खर्ब ८७ अर्ब २३ करोड रुपैयाँले बढेको छ । यो साता ४३ खर्ब ९१ अर्ब १० करोड रुपैयाँ बजार पुँजीकरण रकम पुग्दा गत साता उक्त रकम ४३ खर्ब ७२ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । नेप्से परिसूचक ११ अंकले बढेको छ । यो साता नेप्से परिसूचक २७६६.३८ अंकमा पुगेका छ भने गत साता नेप्से परिसूचक २७५५.६२ अंकमा रहेको थियो ।

यो साता ७ वटा समूह परिसूचकहरु बढ्दा बाँकी ६ वटा समूह परिसूचक भने घटेका छन् । गत साताको तुलनामा यो साता होटल र पर्यटन २ प्रतिशत, जलुविद्युत ५ प्रतिशत, लगानी २ प्रतिशत, जीवन बीमा ०.२३ प्रतिशत, उत्पादन र प्रशोधन ४ प्रतिशत, व्यापार ५ प्रतिशत र अन्य समूह १२ प्रतिशतले बढ्दा बैकिङ ५ प्रतिशत, विकास बैंक २ प्रतिशत, वित्त ६ प्रतिशत, , लघुवित्त ३ प्रतिशत, म्युअुचल फण्ड ०.३२ प्रतिशत र निर्जिवन बीमा ०.८० प्रतिशतले घटेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार