CLI
Global College

१३ वटै समूह घटे, नेप्स र कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार सेन्सेटिभ इन्डेक्स ३.१७ अंकले घटेर ४५८.१८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.३४ र सेन्सेटिभ फोल्ड इन्डेक्स १.११ अंकले घटेको हो ।
सोमबार ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब २३ करोड ९७ लाख पुगेको छ । जुन शुक्रबारको तुलनामा १ अर्ब १६ करोड ३ लाखले कारोबार रकम कम हो ।

यसदिन १३ वटा उपसमूह घटेको छ । बैंकिङ १०, विकास बैंक २६, वित्त १९, होटल र पर्यटन १, लगानी ०.४०, जीवन बीमा ९४, उत्पादन र प्रशोधन ४९, लघुवित्त २४, म्युअुचल फण्ड ०.१६ , निर्जीवन बीमा ११७,व्यापार १६ र अन्य समूह १५ अंकले घटेको हो ।
यसदिन४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको सर्वोत्तम पेन्टस १५, धौलागिरी लघुवित्त १२ र सीवाइसी लघुवित्त ९ प्रतिशतले बढ्दा सर्वाधिक गुमाउनेमा पन्चकन्या माई हाइड्रोपावर १० प्रतिशत, वीन नेपाल लघुवित्त ९ प्रतिशत र एनएमबी सुलभ फण्ड ८ प्रतिशतले शेयर मुल्य घटेको छ ।

Leave Your Comment

Related News