RE
Global College

राष्ट्रिय बीमा कम्पनीका सीईओ डा. श्रेष्ठले दिए राजीनामा, कोइराला निमित्त सीईओ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको सञ्चालक समितिको ५२७औँ बैठकले डा. श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार  साउन ३१ गते बसेको बैठकले निर्णय नं. १३२३ मार्फत उनको राजीनामा स्वीकृत गरेको हो।

त्यस्तै, कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। सञ्चालक समितिको सोही बैठकले निर्णय नं. १३२४ मार्फत कोइरालालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

कम्पनी सचिव कविता लामाले जारी गरेको सूचनामार्फत सीईओको राजीनामा स्वीकृत तथा निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको जानकारी दिइएको हो।

डा. श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै राष्ट्रिय बीमा कम्पनीको कार्यकारी नेतृत्वको जिम्मेवारी कोइरालाले सम्हाल्ने भएका छन्।

NECO

Leave Your Comment

Related News