CLI
Global College

राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा बोलाएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीको सोमबार  साँझ बसेको सञ्चालक समितिको ५२८औँ बैठकले साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रालिमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि शेयर दाखिला, खारेज तथा हस्तान्तरणसम्बन्धी कार्य बन्द गर्ने जनाएको छ। यसअनुसार भदौ १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्।

साधारणसभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्तावमाथि छलफल तथा निर्णय हुने कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News