RE
Global College

प्रतिनिधि सभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको आज (मंगलबार) दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ।

संघीय संसद् सचिवालयले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने जनाउँदै बैठक स्थगित गरिएको जानकारी दिएको हो।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले स्थगित बैठक भोलि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।

सूचनामा भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणले निर्धारित मिति र समयमा बस्न नसक्ने भएकाले भोलि सोही समयमा बैठक बस्ने गरी पुनः निर्धारण गरिएको उल्लेख छ।

संसद् सचिवालयले बैठक स्थगित भएको र नयाँ समय निर्धारण गरिएको जानकारी संघीय संसद्का सदस्यहरूलाई गराएको छ।

NECO

Leave Your Comment

Related News