CLI
Global College

माटो सुधार र किसान सूचीकरणलाई प्राथमिकता दिन्छौं : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उत्पादन बढाउन सरकारले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले माटोको गुणस्तर सुधारका लागि जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिइएको बताइन्। उनका अनुसार माटोको पीएचस्तर घट्दै गएकाले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति जोगाउन दिगो कृषि प्रणाली आवश्यक छ।

मन्त्री चौधरीले उर्वर कृषि भूमि कंक्रिटकरणबाट जोगाउँदै उत्पादनका लागि जमिनको उपयोग बढाउने योजना रहेको बताइन्।

सरकारले किसान सूचीकरणलाई पनि प्राथमिकता दिएको उनले जानकारी दिइन्। किसान परिचयपत्रमार्फत किसान र उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण व्यवस्थित गर्न सहज हुने उनको भनाइ छ।

त्यस्तै, किसानले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्न एप्लिकेसन विकास गरी डिजिटल मार्केटप्लेस निर्माण गर्ने योजना पनि अघि बढाइएको मन्त्री चौधरीले बताइन्। यसबाट किसानलाई उत्पादन, बजारीकरण र व्यवसायसँग जोड्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।

Leave Your Comment

Related News