CLI
Global College

२५०० मा झर्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौं । मंगलबार शेयर बजार घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार सेन्सेटिभ इन्डेक्स ०.५० अंकले घटेर ४५७.६७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.२० अंकले घटेको हो ।

मंगलबार ३५७ वटा कम्पनीको १ करोड ४४ हजार १६४ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १० करोड ९७ लाख पुगेको छ । जुन सोमबारको तुलनामा ८७ करोडले बढी हो । सोमबार ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब २३ करोड ९७ लाख पुगेको थियो ।

यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । विकास बैंक ५ र निर्जीवन बीमा ३७ अंकले बढ्दा बैंकिङ ०.५३, वित्त २१, होटल र पर्यटन ५२, जलविद्युत १६, लगानी ०.०८, जीवन बीमा ११, उत्पादन र प्रशोधन ३१, लघुवित्त १२, म्युअुचल फण्ड ०.१०, व्यापार १९ र अन्य समूह ४ अंकले घटेको हो ।
यसदिन ७८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको सर्वोत्तम पेन्टस १५ प्रतिशत, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स १५ प्रतिशत र नाडेप लघुवित्तको ६ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै सर्वाधिक गुमाउने कम्पनीहरुमा धौलागिरी लघुवित्त १० प्रतिशत, नबिल डिेबन्चर २०८९ ५ प्रतिशत र सिटिजन्स सन्तुलित योजना ५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave Your Comment

Related News