CLI
Global College

बाढीबाट जोगिन उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।
उनले यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् । थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन आग्रह गरेका छन् ।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ, उनले भने ।
नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सवै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न उनले अपील गरेका छन् ।

Leave Your Comment

Related News