CLI
Global College

बाढी प्रभावित जिल्लाका लागि फोन र डाटा सेवा निशुल्क दिन सरकारको निर्देशन

काठमाडौं । भाेटेकाेशी बाढीका कारण अवरुद्ध भएको सञ्चार सेवा छिटोभन्दा छिटो सुचारु गर्न सम्बन्धित निकायले तीव्र रूपमा काम गरिरहेको सञ्चारमन्त्री विक्रम तिमिल्सनाले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सूचना आदानप्रदानमा समस्या नहोस् भन्ने उद्देश्यले सञ्चार सेवालाई प्राथमिकताका साथ पुनः सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए।

मन्त्री तिमिल्सनाका अनुसार प्रभावित जिल्लाका नागरिकलाई सहज सञ्चार सुविधा उपलब्ध गराउन फोन तथा डाटा सेवा निःशुल्क गर्न निर्देशन दिइएको छ। निर्देशनअनुसार प्रभावित क्षेत्रमा फोन सेवा निःशुल्क भइसकेको र डाटा सेवा पनि छिट्टै निःशुल्क हुने उनले बताए।

सञ्चार अवरोध भएका स्थानमा सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकाय र सेवा प्रदायकहरूलाई आवश्यक समन्वय तथा पहल तीव्र बनाउन निर्देशन दिइएको मन्त्री तिमिल्सनाले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यसँगै प्रभावित नागरिकलाई आवश्यक सूचना प्राप्त गर्न समेत कठिनाइ हुने भएकाले सेवा पुनः सञ्चालनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

Leave Your Comment

Related News